असार ३० पोखरा । नेवाः खलः कास्कीले पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको भण्डारढिक नेवाः खलः र वडा नं ३३ को भिमसेन नेवाः खलः आबुभञ्याङलाई तायमचा नृत्यका लागि चाहिने वाद्यवादन र नृत्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
नेवाः छे कास्कीमा शनिबार आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, पदाधिकारी लगायतले हस्तान्तरण गरे
सो अवसरमा पूर्व निर्धारित तालिका अनुसार यसपालि पोखरामा भदौ १६ गते रानीपौवामा तायमचा नृत्य प्रतियोगिता आयोजना गरिने पालिखेले जाननकारी दिए । अघिल्लो वर्ष २०८० सालको तायमच्चा रानीपौवामा गर्ने निर्धारित तालिका अनुसार यसपालि रानपौवामा आयोजना गरिने भएको हो ।
पालिखेले यसपटक ३२ वटा टोलबाट तायमचा निस्किने बताए । अहिले भण्डारढिक र आँबु भन्ज्याङ बहुमारा थपिएको बताए । पालिखेले भने, जहाँ जहाँ नेवार बस्ति रहेको छ, त्यहाँ त्यहाँ तायमचा नृत्य निकालिने गरिएको छ । उनले कास्कीको अधिकांश ठाउँमा तायमचा निकाल्ने गरिएको र लामाचौर छोरेपाटनमा ननिस्किएको बताए ।
हामीले तायमचा निकाल्न वा संस्कार, संस्कृतिको जगेर्नाका लागि चाहिने सहयोग उपलव्ध गराउँदै प्रोत्साहनस्वरुप सहयोग गर्दै आएका छौं । यसपटक आबुभञ्ज्याङ र भण्डारढिकबाट माग भएकोले सामग्री हस्तनतरण गरिएको बताए ।
तायमचा नृत्यका लागि आवश्यक पर्ने सामग्रीहरु उपलव्ध गराउने सिलसिलामा नेवाः खलःले खरिद गरेर त्यस्को व्यवस्थापन गरेको बताए । भण्डारिढीक र भिमसेन नेवा गुठी आबुभञ्याङका लागि खिम, धिमे बाजा, मादल, छाता, झ्याली, मुकुट, पखेटा लायतका सामग्री हस्तान्तरण गरिएको हो ।
ति सामग्रीको लागि काठमाडौं बस्दै आएका पोखरा तेर्सापट्टिका रबीन्द्र श्रेष्ठले प्रायोजन गरेको पालिखेले जानकारी दिए । यसका लागि १ लाख ३६ हजार ८ सय रुपैया खर्च भएको छ ।
पालिखेका अनुसार रबीन्द्रले हरेक वर्ष तायमचा नृत्यको १० लाख सहयोग गर्दै आएका छन् । यसबाट नृत्यमा प्रथम हुनेले रुपैयाँ ३ लाख ३३ हजार ३ सय ३३, दोश्रो हुने २ लाख २२ हजार २ सय २२, तृतिय १ लाख ११ हजार १ सय ११ र सान्तोना पुरस्कार ३३ हजार ३ सय ३३ पाउनेछन् ।
पालिखेले भदौ १४ गते हरेक टोलमा तायमचा नृत्य हुने र भदौ १६ मा प्रतियोगितात्मक तायमचा नृत्य रानीपौवामा हुने भएकोले मुख्यगरी नेवारी संस्कृति र आयोजना भएपनि मिश्रीत समुदायको बसोबास भएको हाम्रो समाज र देशका लागि सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यटनका लागि धेरै महत्वको भएको बताए ।
कार्यक्रममा अध्यक्ष पालिखेले हालै नेवा जागरण मञ्च कास्कीको अध्यक्षमा चयन भएका अधिवक्ता कृष्णप्रसाद श्रेष्ठ र पर्नगठित छोरेपाटन इकाईका अध्यक्ष रक्षप्रसाद श्रेष्ठलाई फेटा लगाएर सम्मान गरेका थिए ।
यस्तै कार्यक्रममा खलःको अधिवेशन साउने २७ गते गरिने मिति तय गरिएको छ । वर्ष २०८१ लगि तायमचा निकाल्नका लागि पोखरा नयाँ नयाँबजार, शिसुवा लेखनाथ र लामाचौरले माग गरेकोमा सबैको सल्लाह अनुसार एक स्थानमा आयोजनाको टुंगो लगाईने भएको छ ।
नेवाः खलः कास्कीका महासचिव शुविन्द्र श्रेष्ठले संचलन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष अशोक पालिखेले गरेका थिए भने समापन उपमहासचिव भैरवलाल श्रेष्ठले गरका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







