‘जीवनपर्यन्त शिकाईका लागि सीपमूलक शिक्षा आवश्यक’


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८० मा प्रकाशित




पोखरा, साउन २

जीवनपर्यन्त सिकाईका लागि सीपमूलक शिक्षा आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति कास्कीले मंगलबार पोखरामा आयोजना गरेको ‘अनौपचारिक शिक्षा तथा जीवन पर्यन्त सिकाईका लागि सरोकारवालाको भूमिका’ विष्वायक अन्र्तक्रिया तथा छलफल कार्यक्रममा सहभागि सरोकारवालाहरुले जीवनपर्यन्त सिकाईका लागि सीपमूलक शिक्षा आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशील सिंखडाले सीप सिक्न र त्यसलाई जिवन उपयोगी बनाउनमा शिक्षाले जोड दिनुपर्ने बताईन् । शिक्षा के का लागि ? प्रश्नोत्तर शैलीमा उनले भनिन्,‘शिक्षा सीप शिक्न र जान्नका लागि हो । त्यसकै लागि शिक्षाले जोड दिनुपर्छ ।’ शिक्षाको उद्देश्य सर्टिफिकेट लिनुमात्र नभई सीप सिकेर उक्त सीपलाई जिवन उपयोगी बनाउनु रहेकोमा उनको जोड थियो । यद्वपी उनले औपचारिक शिक्षालाई सुदृढ बनाउनुपर्ने भन्दै त्यसका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाईन् ।

गण्डकी प्रदेश सभा सदस्य नन्दकला नेपालीले जीवन उपयोगी शिक्षालाई महत्व दिएर अभ्यासमा नलगेसम्म आम जनताको जीवनमा परिवर्तन नआउने बताईन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र पहाडीले शिक्षामा लगानी बढाएर बजेटको २० प्रतिशत पु¥याउनुपर्ने बताए । ‘त्यहि भएर नै सार्वजनिक शिक्षा निःशुल्क र अनिवार्य सम्भव छ भनेर अभियान चलाएका हौं’–उनले भने ।

गैह्रसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले शिक्षालाई लाईसेन्सरुपी हतियारका रुपमा मात्र लिन नहुने बताए । उनले भने,‘संसार सीप बिक्ने, लाईसेन्स नबिक्ने अवस्थामा पुगेको छ । तर हामी अझैपनि लाईसेन्स लिने शिक्षामै मरिहत्ते गरिरहेका छौं ।’ यसलाई परिवर्तन गरेर जीवन उपयोगी शिक्षामा जोड दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकालले साक्षरता अभिवृद्धिका लागि शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल अन्तर्गत विद्यालय छाडेका, स्कुल जाने उमेर पार गरेका, १५ वर्ष उमेर नाघेका, विभिन्न कारणले पढाई छाडेकाहरुका लागि लक्षित गरेर खुल्ला विश्वविद्यालय सञ्चालन गरिएको बताए । यसलाई सफल बनाउन विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सहभागि मध्येबाट डिडा नेपालका सल्लाहकार गिरधारी सुबेदीले शिक्षा गुणस्तरीय नहुनुका कारणहरु खोज, अनुसन्धान गरेर पत्ता लगाई त्यसका निदान खोज्नुपर्नेमा जोड दिए ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति कास्कीका संयोजक शिवराज शर्माले अभियान सफल बनाउनका लागि सबैसँग सहकार्यको हात बढाईदिन आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।