साउन २ पोखरा । फोटो पत्रकार राम गुरुङलाई छैटौं ‘रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार’ प्रदान गरिने भएको छ ।
पोखरामा मंगलबार पोखरा फोटोग्राफर संघको ४२ औं वार्षिकोत्सवका अवसरमा गुरुङलाई सो पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।
पुरस्कार छनोट समीति संयोजक घनश्याम पौडेल, फोटोपत्रकार संघ कास्की अध्यक्ष दुर्गा प्रसाद पौडेल, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल, देवानन्द पोख्रेल, सन्देश उदास, टिकाराम पराजुली र अक्षयकोषदाता तिर्थ श्रेष्ठ सदस्य रहेको समितिले गुरुङको नाम सिफारिस गरेको थियो ।
पोखरा फोटोग्राफर संघका संरक्षक तथा पूर्व अध्यक्ष गणेश छवी र उनकी धर्मपत्नी तिर्थ श्रेष्ठले आफ्ना स्वर्गिय पिता माताको नाममा स्थापना गरेको सो पुरस्कार फोटोग्राफीको माध्यमबाट समाजमा उल्लेखनिय भूमिका खेल्ने बरिष्ठ फोटोग्राफरहरुलाई प्रदान गरिदै आएको छ ।
प्रत्येक २ वर्षमा प्रदान गरिने यो पुरस्कार राशी नगद रु २५,५५५ र सम्मानपत्र रहेको छ । गुरुङलाई विश्व फोटोग्राफी दिवस अगस्ट १९ को अवसर पारेर आगामी भदौ २ गते एक कार्यक्रमका बिच यो पुरस्कार बितरण गरिने संघले जनाएको छ ।
यस अगाडी यो पुरस्कारबाट पोखराका बरिष्ठ फोटोग्राफर बिश्वरत्न शाक्य, नारायण बाटाजू, रमा राना, मदन सुब्बा र दमौलीका कुमार मोहन श्रेष्ठ सम्मानित भइसकेका छन ।
पोखरा सिटी डटकमका सञ्चालक पत्रकार गुरुङ बिगत २४ वर्ष देखी पोखरा क्षेत्रमा फोटो पत्रकारितामा क्रियाशिल छन् ।
उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न फोटोग्राफी तथा फोटोपत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
उनी सहारा खेलकुद पत्रकारिता पुरस्कार २०६७, राष्ट्रिय फोटोपत्रकार अवार्ड २०७३, तमु पत्रकारिता प्रोत्साहन पुरस्कार २०७४, आदिबासी जनजाती महासंघ स्वतन्त्र फोटोपत्रकारिता अवार्ड २०७४, नेपाल भूतपूर्व खेलाडी मञ्च पत्रकारिता पुरस्कार २०७८, गजेन्द्र भण्डारी स्मृती पुरस्कार २०७७ लगायत थुप्रै पुरस्कारबाट सम्मानित भइसकेको छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







