साङ्केतिक तस्विर
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् ।
कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् । यस्तै १३ हजार छ सय पाँच जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए। सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार सात सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए।
कार्यालयको तथ्याङ्कअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार चार सय ४७ जनाले विवरण बुझाएका छन् । गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार पाँच सय ६५ जनाले राहदानी सिफारिस लिएका छन् । कार्यालयले रु १३ करोड ३३ लाख २२ हजार एक सय नौ राजस्व सङ्कलन गरेको उनले बताए। सबैभन्दा धेरै राहदानीबाट रु १३ करोड सात लाख ९० हजार सङ्कलन भएको छ ।
यस्तै प्रशासनिक दण्ड जरिवानाबाट रु छ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्कबापत रु १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुरबापत रु चार लाख ४२ हजार तथा बेरुजुबापत रु नौ हजार सङ्कलन भएको न्यौपानेले जानकारी दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







