पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको गुनासो गरेका छन् । बुधवार पार्टीको केन्द्रिय कार्यसमितिको जारी बैठकमा बोल्दै उनले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको गुनासो गरेका हुन् ।
पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरिकन सिधैँ जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले पार्टीका कार्यक्रमहरुमा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको उल्लेख गर्दै आगामी दिनमा त्यसो नगर्न आग्रह गरे ।
प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने उनको भनाई छ । उनले जिल्ला समितिहरु प्रदेशप्रति जिम्मेवार हुनुपर्ने बताए । त्यसैगरी कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाले पनि कांग्रेसले प्रदेशलाई बेवास्ता गरेको गुनासो गरे ।
हिजोबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । आजको बैठक पनि कांग्रेसले लाइभ गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





