बक्सिङ संघको अध्यक्षमा अवाले दोहोरिए


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०८० मा प्रकाशित




पोखरा, साउन ३

नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले दोहोरिएका छन् । नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभा अधिवेशनले अवालेलाई दोश्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र पाँच उपाध्यक्षहरुमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरीलाई चयन गरेको छ ।

त्यस्तै महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन भएका छन् । संघको सदस्यहरुमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङ्गतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, संजयकुमार पासवान र समर जंगबहादुर चन्द चयन भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।