नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०८० मा प्रकाशित




नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा श्रेष्ठ चयन भएकी छन् । पुचःको शनिबार भएको दोश्रो अधिवेशनले सिटी वान टेलिभिजनकी प्रबन्ध निर्देशक श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

पुचःको उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य अल्चना श्रेष्ठ र अभिनन्दन बजिमय चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफुले बोलेर भन्दापनि काम गरेर देखाउने बताईन् । उनले टिम राम्रो भएको हुँदा नेवाः संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसारलाई मूल उद्देश्य बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः खल कास्कीले नेवारहरुको संस्कृति र परम्परालाई संरक्षणको लागि विशेष योगदान दिएको बताए । उनले केही नेवारहरुले आफ्नो संस्कार र संस्कृतिलाई राम्रोसँग अध्ययन नगरी काम गर्दा लोप हुन सक्ने सम्भावना देखिएकोले संरक्षणको लागि छिट्टै कार्ययोजना सहित काम गर्न लागिएको बताए ।

नेवार संस्कृति जोगाउन पछिल्लो समय युवा युवतिहरु नै अत्याधिक उत्सुक समेत देखिएको उनको भनाई थियो ।

नेवाः पत्रकार पुचःका सल्लाहकार दीपेन्द्र श्रेष्ठले नेवारहरु सँग जोडिएका भाषा, संस्कृति, परम्पराहरु लोप हुँदै गएको र त्यसलाई संरक्षण र सम्वद्र्धनको लागि मसिनो गरी केलाउन र खोज्न नेवाः पत्रकार पुचःले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, नेपाल पत्रकार महासंघ गण्डकीका महसचिव गोविन्द सुवेदी, नेवाःल्याम्ह पुचः कास्कीका अध्यक्ष मधुसुदन जोशी, नेवाः मिस पुचः कास्कीको अध्यक्ष संगीता बज्राचार्य, आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष दीलप्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष सञ्जय मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्देश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव अनिशा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।