साउन १० पोखरा । विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा पोखरामा आदिवासी जनजाती संघसंस्थाहरुबिच अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले फोनिज कास्कीसंगको सहकार्यमा उक्त कार्यक्रम यही साउन २३ गते गर्ने भएको हो ।
यहि साउन २३ गते मंगलबार पोखरामा रहेका आदिवासी जनजाति संघसंस्थाहरू बिच फोनिज गण्डकीसंगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गर्ने फोनिज कास्कीको कार्यसमिति बैठकले निर्णय गरेको हो ।
पोखरामा रहेका जनजाति आदिवासी संघसंस्थासँग परिचयात्मक सहित बस्तु स्थितिबारे जानकारी लिने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले जानकारी दिए ।
फोनिज कास्कीको कोषाध्यक्षमा मानन्धर चयन
फोनिज कास्कीको रिक्त रहेको कोषाध्यक्षमा प्राश्ना मानन्धर मनोनित भएकी छन् ।
फोनिज कास्कीको आज बसेको बैठकले कार्यसमिति सदस्य मानन्धरलाई कोषाध्यक्षमा मनोनित गरेको हो । कोषाध्यक्षमा मनोनित प्राश्ना मयूरखवर डटकमको सञ्चालक हुन् । यस्तै रिक्त रहेको कार्यसमिति सदस्यमा वर्षा गुरुङलाई मनोनित गरिएको फोनिज कास्कीका सचिव सुशिल श्रेष्ठले जानकारी दिए । कार्यसमितिमा मनोनित वर्षा रेडियो बाराहीमा आवद्ध छन् ।
बैठकले सोही कार्यक्रममा नेवाः पत्रकार पुचः कास्कीको नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन सहित सम्मान गर्ने निर्णय समेत गरेको छ ।
हालै नेवाः पत्रकार पुचः कास्कीको दोश्रो अधिवेशनबाट अनिशा श्रेष्ठको नेतृत्वमा चयन भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







