प्रतीकात्मक तस्विर ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ स्थित घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएको छ ।
हिजो बुधवार क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । क्यान्योनिङ गर्ने क्रममा घाइते भएकी उनको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको डीएसपी श्रवणकुमार विकले बताए।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







