पोखरा, साउन ११
कास्कीको माछापुच्छ«ेमा क्यानोईङ गर्ने क्रममा एक युवतीको मृत्यू भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ घलेलस्थित पोखरा क्यानोईङमा क्यानोईङ गर्ने क्रममा पोखरा महानगरपालिका वडा नम्बर २६ कन्दनीडाँडास्थित थुमकोडाँडा पुख्र्यौली घर भएकी २२ वर्षिया अञ्जिता भण्डारीको ज्यान गएको हो । क्यानोईङ गर्न जाने क्रममा चिप्लिएर लड्दा भण्डारीको ज्यान गएको सञ्चालकले बताएको छ । तर पीडित परिवारले भने क्यानोईङ गर्नेबेला लगाउने बेल्टको हुक नलगाई धकेलिदिदा अञ्जिताको मृत्यू भएको दाबी गरेको छ ।
अमेरिकाबाट दुई हप्ता अघिमात्र पुख्र्यौली घर आएकी अञ्जिता दिदी र भाईसँग बुधबार घलेलस्थित पोखरा क्यानोईङमा पुगेकी थिईन् । शुरुमा दिदीले क्यानोईङ गरिसकेपछि अञ्जिता र उनको भाई आशिष क्यानोईङका लागि तयार भएका थिए । भाई आशिष भन्दा अगाडि क्यानोईङ गर्न पुगेकी अञ्जितालाई क्यानोईङ गर्ने क्रममा लगाउने डोरीको हुक नलगाई धकेलिदिदा मृत्यू भएको परिवारको आरोप छ । पीडित परिवारका छिमेकी विश्व अधिकारीले हुक लगाउन बिर्सिदा घट्ना घटेको भनेर पीडितका भाई आशिष भण्डारीले बताएको जानकारी दिएका छन् । आशिषलाई उद्धृत गर्दै उनले भने,‘ठूली दिदीले गरिसकेपछि सानी दिदी र म क्यानोईङ गर्न बसेका थियौं । मैले भन्दा अगाडि सानी दिदीले क्यानोईङ गर्ने कुरा भयो । त्यसलगत्तै डोरी लगाएर सानी दिदीलाई धकेलिदियो तर डोरीको हुक लगाएको रहेनछ । दिदी सिधै करीब ५० मिटर तल बजारिनु भयो ।’ ‘हुक नलगाई सिधै तल बजारिएको भाईले देख्दा कस्तो भयो होला ?’–अधिकारीले भने ।
क्यानोईङ साहसिक खेल हो । जसलाई जोखिमयुक्त खेलका रुपमा लिईन्छ । मनोरञ्जनात्मक खेलका रुपमा लिईने क्यानोईङमा करीब ४५ मिटर माथिबाट डोरीको सहायतामा पहराबाट झर्दै झरनाको आनन्द लिने गरिन्छ । डोरी बाँध्नुअघि नै लडेमा वा बिचमा डोरीको तालमेल मिलाउन नजानेमा वा हुक लगाउन बिर्सेमा यो जोखिमपूर्ण हुने पोखरा क्यानोईङका सञ्चालक राम गुरुङ बताउँछन् । बुधबार अचानक चिप्लिएर लड्दा अञ्जिताको मृत्यू भएको सञ्चालक गुरुङको दाबी छ । ‘घटना हुने समयमा घटनास्थलमा म थिईन तर घटना हेर्दा युवती डोरी बाँध्नुअघि नै अचानक चिप्लिएर लडेको देखिन्छ । त्यहि भएर मानवीय क्षेती हुन पुग्यो’–उनले भने । डोरी बाँध्नुअघि नै लडेकाले उद्धारमा कठीनाई भएको उनको दाबी छ । उनले भने,‘डोरी लगाएपछि घटना भएको भए उद्धार गर्न सम्भव हुन्थ्यो । चिप्लिएर लड्नुमा मानवीय कमजोरी हुनसक्छ तर अनुसन्धान भईरहेकाले यसबारे थप भन्न सक्दिन ।’
घटनापछि पीडित परिवारले क्यानोईङका सञ्चालक र कर्मचारीबिरुद्ध जाहेरी दिने बताएका छन् । तर प्रहरीले कर्मचारीबिरुद्ध मात्र जाहेरी हाल्न दवाब दिएको पीडित परिवारले गुनासो गरेका छन् । सञ्चालक गुरुङ वडाध्यक्षपनि भएकाले दवाब र प्रभावमा परेर प्रहरीले सञ्चालकबिरुद्ध जाहेरी हाल्न नदिएको छिमेकी अधिकारीले बताए ।
यसैबीच, प्रहरीले पोखरा क्यानोईङमा काम गर्ने ३ जना कर्मचारीलाई पक्राउ गरेको छ । अनुसन्धानका लागि कर्मचारीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले बताए । करीब ४५ मिटर उचाईबाट खसेको भनिएको छ,उनले भने,‘हामी अनुसन्धान गरिरहेका छौं । अनुसन्धानले नै बाँकी कुरा प्रष्ट पार्ला ।’
मृतक भण्डारी पुख्र्यौली घर पोखरा–२६ कन्दनीडाँडास्थित थुमकोडाँडा घर भई अमेरिकाको बाल्टिमोर बस्दै आएका तीर्थ भण्डारीकी कान्छी छोरी हुन् । अमेरिकामै ईञ्जिनियरिङ विषयमा ब्याचलर गरेकी अञ्जिता दिदी र भाईुसँग पुख्र्यौली थलो घुम्न एक महिनाअघि मात्र नेपाल आएकी थिईन् । नेपाल आएपछि आफन्त भेटघाटमा व्यस्त रहेका उनीहरुले हालसालै अपर मुस्ताङ घुमेर फर्किएका थिए । लगत्तै क्यानोईङ गर्न पुगेका बेला घटना घटेको छिमेकी अधिकारीले जानकारी दिए । घटनापछि अञ्जिताका बुबा र आमा अमेरिकाबाट नेपालतर्फ प्रस्थान गरेको परिवारले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







