पोखरा, साउन ११
कास्कीको माछापुच्छ«ेमा क्यानोईङ गर्ने क्रममा मृत्यू भएकी अञ्जिता भण्डारी दुई साता अघिमात्र अमेरिकाबाट पोखरा आएको खुलेको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ कन्दनीडाँडास्थित थुमकोडाँडा पुख्र्यौली घर भएकी २२ वर्षिया अञ्जिता बुबा तीर्थ भण्डारी र आमालाई अमेरिकामै छाडेर दिदी र भाईसँग दुई साता अघिमात्र पोखरा आएकी हुन् । घर आएर आफन्तसँग भेटघाटमा व्यस्त उनीहरु अपर मुस्ताङ घुमेर फर्किएलगत्तै क्यानोईङ गर्न घलेल पुगेका थिए ।
क्यानोईङ गर्ने क्रममा उनको दुर्घटनामा परेर मृत्यू भएको हो । शुरुमा दिदीले क्यानोईङ गरिसकेपछि अञ्जिता र उनको भाई आशिष क्यानोईङका लागि तयार भएको बताइएको छ । भाई आशिष भन्दा अगाडि क्यानोईङ गर्न पुगेकी अञ्जितालाई क्यानोईङ गर्ने क्रममा लगाउने डोरीको हुक नलगाई धकेलिदिदा मृत्यू भएको परिवारको आरोप छ । पीडित परिवारका छिमेकी विश्व अधिकारीले हुक लगाउन बिर्सिदा घट्ना घटेको भनेर पीडितका भाई आशिष भण्डारीले बताएको जानकारी दिएका छन् । आशिषलाई उद्धृत गर्दै उनले भने,‘ठूली दिदीले गरिसकेपछि सानी दिदी र म क्यानोईङ गर्न बसेका थियौं । मैले भन्दा अगाडि सानी दिदीले क्यानोईङ गर्ने कुरा भयो । त्यसलगत्तै डोरी लगाएर सानी दिदीलाई धकेलिदियो तर डोरीको हुक लगाएको रहेनछ । दिदी सिधै करीब ५० मिटर तल बजारिनु भयो ।’ ‘हुक नलगाई सिधै तल बजारिएको भाईले देख्दा कस्तो भयो होला ?’–अधिकारीले भने ।
मृतक भण्डारी पुख्र्यौली घर पोखरा–२६ कन्दनीडाँडास्थित थुमकोडाँडा घर भई अमेरिकाको बाल्टिमोर बस्दै आएका तीर्थ भण्डारीकी कान्छी छोरी हुन् । अमेरिकामै ईञ्जिनियरिङ विषयमा ब्याचलर गरेकी अञ्जिता दिदी र भाईुसँग पुख्र्यौली थलो घुम्न एक महिनाअघि मात्र नेपाल आएकी थिईन् । नेपाल आएपछि आफन्त भेटघाटमा व्यस्त रहेका उनीहरुले हालसालै अपर मुस्ताङ घुमेर फर्किएका थिए । लगत्तै क्यानोईङ गर्न पुगेका बेला घटना घटेको छिमेकी अधिकारीले जानकारी दिए । घटनापछि अञ्जिताका बुबा र आमा अमेरिकाबाट नेपालतर्फ प्रस्थान गरेको परिवारले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







