पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले मानव सेवा आश्रम हेमजालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रवार अग्रज श्रष्टा साधक शिल्पी स्व कल्याण शेरचनको ७७ औं जन्म जयन्तीको सन्दर्भ पारेर दाल, चामल, आलु लगायत खाद्यान्न र सफाई सामाग्री सहयोग गरिएको हो ।
मानव सेवा आश्रम पोखरा २५ हेमजामा आयोजित कार्यक्रममा संस्थाका संरक्षक तथा श्रष्टा शेरचनकी श्रीमती शर्मिला शेरचन, संरक्षक नरबहादुर शेरचन, कार्यबाहक अध्यक्ष श्रृजंग गुरुड., सल्लाहकार बुद्दिमान दुरा ‘धम्पु’ लगायतले मानव सेवा आश्रम पोखराका संयोजक मदन थापालाई सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रम संयोजक दोहोरी गायिका तुलसा जिसीले मानव सेवा आश्रमको छाना खाना र नाना अभियानमा मानविय नाताले संस्थागत सहयोग गरेको जानकारी दिइन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







