लायन्स क्लब अफ पोखरा नर्सेसले श्रावण २० गते तेश्रो जुम्ल्याहा भेला गर्ने


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०८० मा प्रकाशित




पोखरा । लायन्स क्लब अफ पोखरा नर्सेसले ‘तेश्रो जुम्ल्याहा भेला’ गर्ने भएको छ । क्लबका अध्यक्ष निलम महर्जनका अनुसार कार्यक्रम श्रावण २० गते शनिवार पूर्वान्ह १० बजेदेखि ४ बजेसम्म एस आर केसी ब्याड.केट पोखरा १२ शितलादेवीमा हुनेछ ।

भाग लिन चाहने जुम्ल्याहा बच्चाका अभिभाबकले श्रावण १५ गतेसम्म नाम दर्ता गराउन सक्ने कार्यक्रम संयोजक निशा श्रेष्ठ द्वाले जानकारी दिइन् । द्वाका अनुसार कार्यक्रममा जुम्ल्याहा बच्चाका निशुल्क दन्त परिक्षण, आंखा, बालरोग परिक्षण, बाल मनोबज्ञानको चर्चा गरिनेछ ।
संस्थाको जुम्ल्याहा बच्चाको शिक्षाकालागि छात्रबृत्ति प्रदान गर्ने, रोजगारीकालागि अवसर प्रदान गर्ने र उनीहरुको छुट्टै क्लव तथा संस्था स्थापना गर्ने लक्ष्य रहेको अध्यक्ष महर्जनले बताइन् । भाग लिन चाहनेले अध्यक्ष निलम महर्जन ९८५६०३१००४, कार्यक्रम संयोजक निशा श्रेष्ठ द्वा ९८५६०६२३११ र हेमा गरुड.लाई ९८१९१७१२२७ मा सम्पर्क गर्न क्लबले अनुरोध गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।