पोखरा । नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको नँया कार्यसमिति चयन गरिएको छ ।
शनिबार पोखरा–१४ काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसको प्राङगणमा सम्पन्न भेलाले नेपाल पब्लिक क्याम्पस संघ गण्डकीको अध्यक्षमा ऋषिराम बुढाथोकी चयन गरेको हो । अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी पोखराको जनप्रकाश वहुमुखी क्याम्पसको क्याम्पस प्रमुख हुन ।
यसैगरि,उपाध्यक्षमा मुनादेवी लम्साल, महेन्द्रप्रसाद पोखरेल र गोरखबहादुर जिसी चयन भएका छन् । सचिवमा दीपेन्द्र पौडेल, सहसचिवमा विजय शर्मा र कोषाध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन । सदस्यमा देवीप्रसाद सुवेदी, युवराज पाठक, हरिप्रसाद सुवेदी, निराजनप्रसाद चौधरी, एकनारायण भट्टराई, झमनबहादुर थापा, फूलकुमारी शर्मा, मञ्जु पनेरु र महेन्द्रराज अधिकारी चयन भएका छन ।
उक्त अधिवेशन उद्घघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ’सामुदायिक क्याम्पसँग प्रदेश सरकार’ कार्यक्रम अन्तरर्गत अहिले १ करोड ७५ लाख रकम विनियोजन भएकोे तर अब बढाएर चालु वर्ष नै यो रकम ५ करोड पु¥याइने घोषण गरे । गण्डकी प्रदेश सरकारले चालु वर्ष ’सामुदायिक क्याम्पससँग प्रदेश सरकार’ कार्यक्रम संचालन गर्ने नीति बनाएर कार्यक्रम सार्वजनिक गरिसकेको उनले बताए । विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानी अनुसारको प्रतिफल आउन सक्ने भएका उनले गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाव समेत दिए । आवश्यकता र चाहना धेरै भएता पनि स्रोत थोरै हुँदा बजेट कम भएको उनले जिकिर गरे । पब्लिक क्याम्पसहरुले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने, दक्ष युवा जनशक्ति विदेशिने दर न्यूनीकरण गर्न व्यासायिक शिक्षा केन्द्रित गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो ।
उनले सामाजिक सेवाको भावनाले क्याम्पस लगायत सार्वजनिक संस्थालाई जग्गा दान गर्दा दाताले तिर्नुपर्ने कर मिनाह गर्ने गरी कानुन आवश्यक भएको बताए । साथै आफ्नो स्वामित्वमा जग्गा नहुँदा समस्या भएको पब्लिक क्याम्पसहरुको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पब्लिक क्याम्पसहरुलाई आफ्नै स्वामित्वमा जग्गा ल्याउन सहज हुने गरी कानुन निर्माण गरिने बताए उल्लेख गरे ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगर, कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, प्रदेश नीति योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुधन गुप्ता ,गण्डकी प्रदेश भित्रका बिभिन्न पब्लिक क्याम्पसका संचालक समिति अध्यक्ष, क्याम्पस प्रमुख तथा प्रध्यापकहरु लगायतको उपस्थिति थियो ।
नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख , नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय सल्लाहकार एबं गण्डकी प्रदेशका पूर्ब अध्यक्ष बिरन्जी गौतमले धन्यवाद ज्ञापन गरे । स्वागत मन्तव्य कालिका बहुमुखी क्याम्पसका क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष किरण केसिले राखेका थिए भने सञ्चालन नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशका निवर्तमान सचिव रामचन्द्र दुवाडीले गरेका थिए ।
कार्यक्रमको व्यबस्थापन कालिका बहुमुखी क्याम्पसले गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







