पोखरा चौतारीद्वारा स्थापना दिवसमा वृक्षरोपण एवं मोटिभेशन कार्यक्रम


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८० मा प्रकाशित




साउन १७ पोखरा । लायन्स क्लब अफ पोखरा चौतारीको स्थापना दिवसको उपलक्ष्यमा पोखरा महानगरपालिका वडा २१ स्थित भविष्य निर्माण मा.विमा वृक्षरोपण एवं मोटिभेशनकार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

सो कार्यक्रममा क्लबका अध्यक्ष सागर ऐर, डिष्टिक चिफ एडभाइजर प्रजापति बास्तोला र पूर्व अध्यक्ष एवं पदाधिकारीले वृक्षरोपण गरे ।

सो अवसरमा बोल्दै मोहन खड्काले शहरबाट नजिकै रहेतापनि शैक्षिक गुणस्तरमा एवं अन्य गतिविधिका लागि लायन्सले योगदान गर्दै आएको बताए ।

ड्रिष्ट्रिक चिफ एडभाइजर बास्तोलाले लायन्स क्लबले शिक्षा, स्वास्थ्य र मानविय क्षेत्रमा काम गर्दै आएको भन्दै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइराख्ने बताए ।

त्यसैगरी पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दिपक सुवेदीले लायन्स क्लब अफ चौतारीले गर्दै आएको गतिविधिको प्रशंसा गरे ।

यस अघि क्लबले शैक्षिक सामाग्री वितरण, सो विद्यालयमा अध्ययनरत भगवती खत्रीको गम्भीर रोगको उपचार लगायतका सहयोगहरु गर्दै आएको क्लबका अध्यक्ष ऐरले बताए ।

कार्यक्रममा मोटिभेस्नल स्पिकरका रुपमा रहेका प्रतिभा मा.विका प्राचार्य किरण सापकोटाले विद्यार्थीहरुले हरेक क्षेत्रमा सफलता प्राप्त गर्नको लागि सपना देख्नुपर्ने र सपना पूरा गर्न मेहेनत, हिम्मत र इमान्दारीता सँगै लिएर हिड्नुपर्नेमा जोड दिए ।

मोटिभेस्नल स्पिकर सृष्टि केसीले हरेक क्षेत्रमा मेहेनत, इमान्दारीता र दृढ इच्छा शक्तिका साथ काम गरेमा सफलताका हात पर्ने बताउँदै एकले भन्दा एकजुट भएर काम गरेमा शक्ति प्रदान हुने उल्लेख गरिन् । कार्यक्रममा दृष्टिबिहिन केसीको नृत्यले कार्यक्रममा छुट्टै रौनकता प्रदान गरेको थियो ।

विद्यालयमा ४ सय ५० भन्दा बढी विद्यार्थीहरु रहेको छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले लायन्सको माध्यमबाट गरिएको आँखा शिविरबाट यस अगाडि २१ जना विद्यार्थीलाई चस्मा सिफरिस भएको जानकारी दिए ।
कार्यक्रमको संयोजक शरदकुमार सापकोटाले गरेका थिए । सो कार्यक्रमको ड्रिष्ट्रिक कोचिफ पुरुषोत्तम पराजुलीले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।