पोखरा । नेपाल आदिवासी जनजाति महासंघ गण्डकीे प्रदेशको आयोजना र कास्की जिल्लाको सहआयोजनामा २९औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरि मनाइदैँ छ ।
यहि श्रावण २४ गते बिहान ११ बजे मानवअधिकार चोकबाट आ-आफ्नो जातिय मौलिक झाँकी सहित बिशाल ¥याली पोखरा सभागृहमा पुगि औपचारिक कार्यक्रम सुरुवात हुने नेपाल आदिवासी जनजाती महासंघ गण्डकीे प्रदेशका अध्यक्ष धर्मबहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रममा दुईजना अग्रजहरुलाई सम्मान गर्ने बताइएको छ । कार्यक्रममा लामो समयदेखि आदिवासी जनजातिको हक अधिकारका लागि योगदान पु¥याउदै आएका प्रध्यापक ज्योति भट्टचन र समाजसेवि हर्क पहरे पुनलाई सम्मान गरिने शुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
यसैगरि आ–आफ्नो जातिय मौलिक झाँकी सहित बिशाल ¥यालीमा सहभागी हुने उत्कृष्ट पाँच झाँकीलाई पुरस्कृत समेत गरिने अध्यक्ष गुरुङले बताए । साथै शुभकामना मन्तव्यको बिचबिचमा विभिन्न जातिहरुको प्राचिन मौलिक साँस्कृतिक कार्यक्रमहरु देखाइने उनले बताए ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकीे प्रदेशका अध्यक्ष धर्मबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मुख्य सचिव सुजन कुमार लामाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







