तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिको अध्यक्षमा सुदिप


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०८० मा प्रकाशित




साउन २० पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल विद्यार्थी समितिको अध्यक्षमा सुदिप गुरुङ चयन भएका छन् । समितिको पोखरामा सम्पनन दोश्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा जितेन गुरुङ, प्रिया गुरुङ, सचिवमा कविता गुरुङ, सह–सचिवमा प्रज्ज्वल गुरुङ, कोषाध्यक्षमा पञ्चकुमारी गुरुङ, सह–कोषाध्यक्षमा एलिना गुरुङ चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा हसिला गुरुङ, मुना गुरुङ, मोनिका गुरुङ, कृष्टिना गुरुङ, तारा गुरुङ, कल्पना गुरुङ, नेहा गुरुङ, चित्रकाशी गुरुङ, लिजा गुरुङ, विनोद गुरुङ, प्रेम गुरुङ, आकृति गुरुङ सर्वसम्मत सर्वसम्मत चयन भएको निर्वाचन संयोजक तमु साँस्कृतिक प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष श्रीजंग तमुले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी तमु, प्रथम उपाध्यक्ष श्रीजङ तमु, सदस्य लोकबहादुर तमु, नव निर्वाचित विद्यार्थी समितिको अध्यक्ष सन्दिप तमु तथा सचीव कविता तमु लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचीव कञ्चन तमुले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।