सराङकोटका दीलबहादुर तीन दिनदेखि सम्पर्क विहिन, खोजी गरिदिन श्रीमतीको अपिल


     एभरेस्ट आवाज    
     श्रावण २१ गते २०८० मा प्रकाशित




साउन २१ पोखरा । पोखरा– १८ का दीलबहादुर वि.क. तीनदिनदेखि सम्पर्कविहिन भएका छन् । पोखरा– १८, सराङकोट तोरीपानी बस्दै आएका वि.क. तीन दिनदेखि सम्पर्कविहिन भएपछि उनका परिवारले खोजी गरिदिन अपिल गरेको छन् ।

ज्याला मजदुरी गर्दै परिवार चलाउँदै आएका वि.क गत शुक्रबार बिहान ९ बजेको समयमा घरबाट एक्कासी सम्पर्कविहिन हुँदा आफुहरु गहिरो चिन्तामा परेको दीलबहादुरकी श्रीमती दिलसरा वि.क.ले बताइन् । ५५ वर्षिय दीलबहादुरको खोजी गर्दै आफन्त, छरछिमेकसहित जताततै खोज्दापनि केही खबर पाउन नसकेपछि उनले आफ्नो श्रीमान्को खोजी गरिदिन सबैलाई आग्रह गरेकी छन् । उनले भनिन्, “अघिल्लो हप्ता बुढाको लोटेर टाउकोमा चोट लागेको थियो, त्यहीकारण काममा नगई घरमानै आराम गरिरहनु भएको थियो, एक्कासी भन्दै नभनी अस्ती शुक्रबार बिहान घरबाट निस्कनु भएको हो अहिलेसम्म कहाँ छन् कस्तो छन् अत्तोपत्तो केही छैन् । खोज्नपर्ने सबै ठाउँ खोजी सकें ।”

गहुगोरो वर्ण, ५ फिट २ इञ्च उचाई, मझौला शरिर भएका वि.कलाई कहिँ कतै देखेमा नजिकैको प्रहरीचौकी वा आफ्नो मोवाईल नम्वर ९८२६१४३८३८ मा सम्पर्क गर्न उनको अपिल छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।