पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोक कास्कीको २३ औ वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले कमलबहादुर श्रेष्ठको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मुना बास्तोला, सचिव उत्तम जोशी, सह सचिव सिमा राई गुरुङ, कोषाध्यक्ष, तिर्थ शर्मा ढकाल, सदस्यहरुमा पार्बती पौडेल, राजेन्द्र वाग्ले, सुर्य बन्जरा, गौरी पौडेल, गिता भण्डारी, कृष्ण गिरी, रोशन मानन्धर, सुनिता के सी केशव प्रसाद ढकाल रहेका छन् ।
प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले प्रहरी र समुदाय बिचको सम्बन्ध अपरिहार्य रहेको बताए । निवर्तमान अध्यक्ष धर्मदत्त आचार्यले समुदायमा सकरात्मक धारणा फैलाउने काम गर्दा अहोरात्र खटिनु परे पनि ध्यात्मिक रुपमा निकै आनन्द प्राप्त हुने अनुभब शेयर गरे ।
कार्यक्रममा पोखराका अग्रज समाजसेवी भक्तराज श्रेष्ठलाई “सामुदायिक वर्ष पुरस्कार”बाट र संस्थाका पुर्व अध्यक्ष बिपिन अधिकारीलाई “सामुदायिक वर्ष व्यक्ति” बाट सम्मान गरिएको थियो । साथै २०७९ सालको एस ई ई परीक्षामा उत्कृष्ट अंक ल्याई पास भएका आजिवन सदस्यहरुका सन्ततिलाई पुरस्कार वितरण गरिएको थियो । संस्थाका कार्यक्रमहरु सफल बनाउन आर्थिक वा भौतिक रुपमा सहयोग गर्ने प्रहरी कर्मचारी, विभिन्न संस्था, आमा समुह लागायतलाई सहयोग उच्च सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







