प्रतीकात्मक तस्बिर ।
पोखरा, साउन २३
पोखराको सेती नदीमा एक जना साइकल यात्री खसेर बेपत्ता भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२९ स्थित सेती नदीमा खसेर एक जना साइकल यात्री बेपत्ता भएका हुन् । त्यसरी बेपत्ता हुनेमा बागलुङ बडीगाड गाउँपालिका वडा नम्बर–४ घर भएर पोखरा–३३ बागमारा बस्ने भक्तबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बेपत्ता रानाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । राना विहान करीब १० सेतीमा खसेको प्रहरीको भनाई छ । उनी आफै हामफालेका हुन् वा अकस्मात खसेको हो भन्नेबारेमा अनुसन्धान भईरहेको डिएसपी विकले बताए ।
अविरल वर्षाका कारण नदीको बहाव बढेकाले खोजीमा कठिनाई रहेको डिएसपी विकले बताए ।
प्रहरीका अनुसार रानाको चप्पल पुलको डिलमा भेटिएको थियो । परिवारले चप्पलको आधारमा रानालाई पहिचान गरेको डिएसपी विकले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







