नाट्टा गण्डकीको २८ औं साधाणसभा सम्पन्न


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०८० मा प्रकाशित




पोखरा । नेपाल एशोसियेशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको २८ औं वार्षिक साधाणसभा सम्पन्न भएको छ ।

पोखरामा सम्पन्न साधरण सभाको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले पोखरालाई देशकै पर्यटन राजधानी घोषणा गर्ने तयारीमा आफुहरु रहेको खुलासा गरे । उनले भने , ‘हामी स्थानिय सरकार र प्रदेश सरकारबाट पोखरा महानगरपालिकालाई देशकै पर्यटनको राजधानी घोषणा गर्ने तयारीमा छौं । त्यसका लागि केन्द्रिय सरकारसँग पटक–पटक छलफलमा छौं ।’ यसका लागि आफू र महानगरको टिम लागेको बताउँदै उनले यसमा साथ दिन नाट्टासहित पर्यटनसँग सम्बन्धित संघसंस्था, बुद्धीजिवी, विभिन्न संघसंस्था तथा आम सर्वसाधरणहरुलाई आह्वान गरे ।

उनले पोखरा–लुम्बिनी महत्वपूर्ण पर्यटकीय ठाउँ रहेको बताउँदै लुम्बिनी आउने पर्यटक पोखरा आउने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सातै प्रदेशका अध्यक्ष तथा प्रतिनिधिले पर्यटन हव पोखरा–लुम्बिनी लगाएत सातै प्रदेशका महत्त्वपूर्ण पर्यटकीय ठाउँलाई प्रचारप्रसार गर्नुपर्नेमा जोड । ट्राभलमा केन्द्रिय, प्रदेश र स्थानिय सरकारले आवश्यकता अनुसार पर्यटकलाई सहज वातावरण सिर्जना गर्नुपर्ने उनीहरुको जोड थियो ।

नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव संगिता पौडेलले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।