साउन २० पोखरा । लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा तेश्रो जुम्ल्याहा भेला तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न भेला तथा स्वास्थ्य परीक्षणको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभागका विभागिय प्रमुख स. प्राध्यापक डा. सूर्य हमालले उद्घाटन गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारे ।
कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक इन्टरनेशनल ३२५ के.का निवर्तमान डिस्ट्रिक गर्भनर राजेन्द्र बाटाजु, डिस्ट्रिक इन्टरनेशनल ३२५ एम. का प्रथम डिस्ट्रिक गर्भनर चण्डीप्रसाद अर्याल, अर्जुनबहादुर थापा लगायतले कार्यक्रममा बोलेका थिए ।
करिव ३२ जना जुम्ल्याहाहरु सहभागी भएको उक्त कार्यक्रममा सहभागीहरुलाई विभिन्न मनोरञ्जनात्मक खेलकुदका प्रतियोगिताहरु सञ्चालन गरि विजेताहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुको निशुल्क स्वास्थ्य परीक्षणको गरिएको क्लवले जनाएको छ ।
क्लबका अध्यक्ष हेमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भएको डा. रत्नशिला वास्तोलाले कार्यक्रम सन्चालन गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







