स्याङ्जा । महेन्द्र जनसहयोग आधारभूत विद्यालय, फेदीखोला–२, स्थानचौरको प्राङ्गणमा उपकार फाउन्डेसन, नेपालको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि फेदीखोला गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष अविलास गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्वतारोही, समाजसेवी तथा शिक्षा प्रेमी नोगुची केन जस्ता महान दाताहरूको सहयोगले नेपालको ग्रामीण विकासमा टेवा पुगेको बताए ।
फेदीखोला शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले विगत ६/७ वर्षदेखि यस क्षेत्रमा नोगुची केनको अमूल्य देन रहेको बताए ।
समाजसेवी तथा सम्मानित व्यक्तित्व नेत्रबहादुर कार्कीले समाजमा महत्वपूर्ण योगदान र्पुयाउने व्यक्तिलाई विद्यालयबाट टाढा राख्न नहुने बताए । सामाजिक अभियन्ता, समाजसेवी लाल कार्की अन्जानले नोगुची केन र उपकारजस्ता समाजसेवी भएमा कोही निरक्षर हुनु नपर्ने बताउँदै उपकारको परोपकारी कामको प्रशंसा गरे ।
कार्यक्रममा समाजसेवी शिवकुमार गौतम, चित्र बहादुर कार्की लगायतले सहयोग रकम थप र निरन्तर गर्नुपर्ने भनाइ राखेका थिए।
सो अबसरमा पर्वतारोही, शिक्षाप्रेमी, समाजसेवी, जापानी नागरिक नोगुची केन, पिक एड र केन नोगुचीज फाउन्डेसन जापानको आर्थिक सहयोग एवम् उपकार फाउन्डेसन, नेपालको आयोजनामा महेन्द्र जनसहयोग आधारभूत विद्यालय स्थानचौरको पुस्तकालयका लागि पुस्तक, अन्य छिमेकी विद्यालयहरु शिवालय आधारभूत विद्यालय, खहरे आधारभूत विद्यालय, महेन्द्र जनसहयोग आधारभूत विद्यालय, काला भैरव माध्यमिक विद्यालय र अमोर बालगृहका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा फेदीखोला–२, खहरे निवासी क्यान्सर रोगबाट पीडित पूजा अधिकारी कार्कीलाई नगद १० हजार समेत प्रदान गरिएको थियो ।
निःशुल्क जग्गा दान गरी विद्यालयको नाममा जग्गा धनी प्रमाणपूर्जा बाएका समाजसेवी, फेदीखोला साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष नेत्रबहादुर कार्कीलाई सम्मान समेत गरिएको थियो ।
उपकार फाउन्डेसन, नेपालका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रमको शिक्षक पार्वती कार्कीले सञ्चालन र शिक्षक गोदार उपमाले स्वागत गरेकी थिइन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







