राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग थाई नेपाली सङ्घ थाइल्याण्डका पदाधिकारीले गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह गरेका छन ।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा थाइल्याण्डमा बसोबास गर्ने नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेको अध्यक्षको सचिवालयले जनाएको छ ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आवश्वासन दिए । अहिले थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरु दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपालीका चौथो पुस्ता हुन् ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाइल्याण्डमा बसोबास गरेका नागरिकलाई कठिन भएको छ । परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु परेको तथा नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली सङ्घ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताए ।
थाइल्याण्डमा झण्डै एक लाखको सङ्ख्यामा नेपालीभाषी रहेको अनुमान छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







