साङ्केतिक तस्विर
साउन ३० मुगु । मुगुमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनुभएका सोरु गाँउपालिका-५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले जानकारी दिए। घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याउँदै बाटोमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी हुम्ला सर्केगाड-२ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, राम परियार, पिउस परियारको मृत्यु भइसकेको छ ।
साथै दुर्घटनामा परी घाइते सोरु-७ का चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही सोरु-६ का सेरे रोकाया र हुम्ला सिमिकोट -२ का उदीप बोहोराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । लगातार भइरहेको वर्षाका कारण घाइतेको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।
सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नं को जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







