पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी समितिले संस्थाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
साउन १९ गते दिवंगत भएका संस्थापक अध्यक्षको १३ औं दिनको पुण्यतिथि पारेर संघले पोखरामा आफ्नै सचिवालयमा श्रद्धाञ्जली सभा गरी स्मरण गरेको हो ।
समाजसेवी विश्वमोहन गौचनले साहित्य र पत्रकारिता भनेपछि हुरुक्कै हुने ज्ञवालीको निधनले दुवै क्षेत्रलाई क्षति पु¥याएको बताए । उनले लुम्ले कविता गाउँमा आयोजित कार्यक्रमबाट आफूँले ज्ञवालीको बहुआयामिक व्यक्तित्वलाई चिन्न पाएकोसमेत स्मरण गरे ।
समीक्षक मदन भण्डारीले राज्यमा बाचेर केही गर्नुपर्नेहरूको असमयमा भएको निधनले आफूलाई मर्माहत तुल्याएको धारणा राखे ।
समाजसेवी सुमित्रा जिसीले गाउँ समाजमा आँखामा राख्दा पनि नबिझाउने व्यक्तित्वका रूपमा ज्ञवालीको स्मरण गरिन् ।
यसकुमारी जिसी स्मृति कोषका संस्थापक सविन जिसीले ज्ञवालीको निधनले आफूले असल अभिभावक गुमाउनु परेको पीडाबोध भएको धारणा व्यक्त गरे ।
संघका महासचिव सुशील श्रेष्ठले बैंकको जागिर छोडेर पत्रकारितामा समर्पित गरेको ज्ञवालीको सञ्चारकर्मको राज्यबाट उचित सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले संस्थाको मुखपत्र मानवअधिकार आवाजको आगामी अंक संस्थापक अध्यक्षको स्मरणमा समर्पणलगायतका गतिविधि गरेर उनको योगदानलाई चिरस्मरणीय बनाउने बताए । कार्यक्रममा अनु बरालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







