भदौ १ पोखरा । नेपाल शिक्षक महासंघ कास्कीले विभिन्न माग राख्दै संघिय र गण्डकी प्रदेशसभा सदस्यहरुलाई ज्ञापनपत्र बुझाएको छ ।
शिक्षकहरुले उठाएका विभिन्न मागहरुको सम्बोधनको माग गर्दै महासंघले शुक्रबार पोखरामा एक कार्यक्रमकाबीच कास्कीकाबाट प्रतिनिधित्व गर्ने संघिय र प्रदेश सभा सदस्यहरुलाई ज्ञापनपत्र बुझाएको हो ।
कार्यक्रममा शिक्षकहरुको मागप्रति ऐक्यवद्धता व्यक्त गर्दै प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले शिक्षकहरुको मागलाई संसदमा छलफलको विषय बनाउने बताइन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघविच भएका सबै सहमतिहरु संघिय शिक्षा ऐनमा समेटिनुपर्ने प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने बताए । यस्तो पेशमा रहेका शिक्षकहरुले आफुहरुको जायज माग राख्दा सधैँ आन्दोलन गरिराख्न पर्ने दुखदायी भएको उनको भनाई थियो ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले शिक्षकहरुको जायज मागका विषयमा आफूहरु सकारात्मक रहेको बताए ।
महासंघले यसअघि सरकारले आफुहरुसंग गरेको ३० र ५१ बुँदे सम्झौता कार्यान्वयन नगर्दा फेरि आन्दोलित हुन परेको जनाएको छ । महासंघले राहत, साविक उच्च मा.वि., विद्यालय कर्मचारी र इसिडी शिक्षकका वर्षैदेखिका समस्या र मागमुद्दा, स्थायी शिक्षकको न्यायपूर्ण ग्रेडको व्यवस्था, आवधिक तथा तहगत बढुवा, सेवा सुविधा तथा शिक्षक वृत्तिविकास लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेलले जानकारी दिए ।
कार्यक्रमा महासङ्घ केन्द्रीय सदस्यद्वय लोचना अधिकारी , सम्झना कट्टेल, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सचिव रामप्रसाद पोख्रेल, नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने , एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य तारा पौडेल, अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष शोभा गुरुङ लगायत कास्कीका घटक संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको महासंघका सचिव मणिराम कँडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।

















पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







