विन्ध्यवासिनी माध्यमिक विद्यालयमा विद्यार्थीलाई सम्मान


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०८० मा प्रकाशित




भदौ २ पोखरा । पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले कक्षा १२ उतिर्ण विद्यार्थीलाई बधाई सहित सम्मान गरेको छ ।

विद्यालयमा शनिबार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय परिक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सफल भएका १ सय ६ जना विद्यार्थीलाई सम्मान गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, विद्यालयका सल्लाहकार वेनी बहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष इन्द्र बहादुर बानिया, पुर्व अध्यक्ष नरनाथ भट्टराई, गोविन्द वहादुर वस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष भिमप्रसाद पौडेल, अङ्ग्रेजी विभागका प्रमुख खिमलाल अधिकारी सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, विद्यालय व्यवस्थापन समितिका सदस्य विमला भट्टराई लगायतकाले बधाई ज्ञापन गर्दै सम्मान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सबै पक्षको सहकार्य र मेहनतका कारण विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा समेत जानकारी गराए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार वेनी बहादुर बस्नेत, पुर्व अध्यक्ष ईन्द्र बहादुर बानिया, दश जोड दुईका संयोजक माधवराज अधिकारी, विज्ञान तथा प्रविधि विभागका डिन सुमन बस्नेत, विद्यार्थी एलिस अधिकारी लगायतले विद्यालयको शैक्षिक विकासमा कक्षा १२ को नतिजाले थप ईट्टा थपेको बताए ।

सोही अवसरमा बिएस्सी नर्सिङ तर्फ छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी मनिका परियारलाई नगद २५ हजार सहित सम्मान गरिएको छ।सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो बन्न सफल उक्त विद्यालय कक्षा १२ को नतिजामा पनि गण्डकी प्रदेश मै सर्वाेत्कृष्ट बन्न सफल भएको छ । सो विद्यालयमा हाल व्यवस्थापन र विज्ञान संकायका कक्षा सञ्चालन भएका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।