भदौ १ पोखरा । कास्की, स्याङ्जा र पर्बतको सिमानामा पर्ने आधिखोला वरपरका स्याङ्जा र पर्बत पुर्खौली थलो भई पोखरालाई कर्मथलो बनाई बसेका पौडेलहरुको संस्था ‘आर्थर सरादिखोला पौडेल सेवा समाज’ले स्थापनाको पाचौं बर्ष पुरा गरी छैंटौ बर्षमा प्रवेश गरेको छ ।
छैंटौ बर्ष प्रवेसको अवसरमा समाजले शनीबार पोखरा १७ बिरौटामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान महादान’ भन्ने मन्त्रलाई आत्मसाथ गर्दै समाजको आयोजना र रेडक्रस प्रादेशीक रक्त सञ्चार केन्द्रको प्राबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समाजका प्रतिनिधी सुनील पौडेलले जानकारी दिए ।
पोखरा महानगर वडा नम्बर १७ का वडाध्यक्ष राधिकाकुमारी शाही योगीको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रमको अध्यक्षता आर्थर सरादीखोला पौडेल सेवा समाजका अध्यक्ष डिल्लिराम शर्मा पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







