पोखरा । कास्कीको रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो पोखरा–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं.३–०२–००९ प ५२०५ नम्वरको मोटरसाइकल रुपा–६ निगालझाँपास्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
निगालझाँपास्थित घुम्तिबाट तल्लो बाटोमा मोटरसाइकल खस्दा लमजुङको दुधपोखरी गाउँपालिका–६ का २९ वर्षिय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षिय अशोक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उद्दार गरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







