प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगिता


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०८० मा प्रकाशित




भदौ ५ पोखरा । पोखरास्थित प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगितामा आयोजना गरिएको छ। विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुुसार नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए। त्यसैगरी अंग्रेजी भाषामा गरिएको प्रतियोगितामा ‘२१ औं शताब्दीमा साइबर क्राइम’ विषयमा प्रतिश्पर्धा भएको थियो ।

नेपाली भाषाको वक्तृत्वकलाका निर्णायकहरुमा डा. पुण्यप्रसाद शर्मा, बोधराज ढकाल, राधाकृष्ण गैह्े्र थिए। त्यस्तै अंग्रेजीतर्फको निर्णायकमा यादव सुवेदी, आकाश सुवेदी र अजय पौडेल थिए ।

अंग्रेजीतर्फको प्रतिश्पर्धामा महिमा विक प्रथम, कविन्द्र आचार्य द्वितीय र आयान इकवाल तेश्रो भएका थिए । त्यस्तै नेपाली भाषातर्फको प्रतिश्पर्धामा दिपाली भट्टराई, प्रकृति सुवेदी र पूर्णिमा पौडेले क्रमशः प्रथम, द्वितीय र तृतिय भएका थिए । विद्यार्थीमा भएको आन्तरिक क्षमता बाहिर ल्याउनका लागि प्रतिश्पर्धा गरिएको प्राचार्य सापकोटाले बताए । अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तर्गत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।