कास्कीको माछापुच्छ्रेमा जीप दुर्घटना, २ जना घाइतेको पोखरामा उपचार हुँदै


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०८० मा प्रकाशित




सांकेतिक तस्विर

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पोखरा– माछापुच्छ्रे इलीखोला चल्ने ग ३ च ५८३८ नम्वरको जिप मर्दीपुलमा भएको दुर्घटनामा ९ जना घाइते भएका हुन् ।

घाइते मध्य ७ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने २ जनाको पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइरहेको माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए ।

जीपमा चालकसहित १० जना सवार रहेको जनाइएको छ । उनीहरु सबै जना वडा नं ७ का बासिन्दा रहेको बताइएको छ ।
सडकबाट करिब १५ मिटर तल खसेको जीप उत्तिसको रुखमा अल्झिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।