पोखरामा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक यूवतीको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

भदौ ११ पोखरा । पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

सोमबार दिउँसो ट्रकको ठम्करबाट गम्भिर घाईते भएकी वर्षा कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । ठक्करबाट म्याग्दे गाउँपालिका–४ की २० वर्षीया वर्षा कुमालको मृत्यू भएको हो ।

पृथ्वी चोकबाट सृजना चोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले दिउँसो साढे २ बजेतिरको समयमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।