पोखरा । पोखराको पस्र्याङ पुलमा भएको मोटर साइकल एक आपसमा जुध्दा दुई जना घाइते भएका छन् ।
मंगलबार दिउँसो पोखरा — बाग्लुङ राजमार्गस्थित पस्र्याङ पुल नजिकै ग १२ प १०२८ को मोटरसाइकल र बा ७८ प ७५०३ नम्वर मोटरसाइकल एक आपसमा जुध्दा २ जना घाइते भएका हुन् ।
दुर्घटना प्रस्र्याङ पुल हुँदै गैह्रापाटन निस्कने भित्री सडकमा प्रवेश गर्ने क्रममा दुई मोटरसाइकल एक आपसमा ठोक्किएको स्थानिय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । घाइतेमध्य दुईजनालाई पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटल लगिएको छ ।
घटनाका विषयमा थप प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







