याङजाकोट तमू समाजमा जेमप्रसाद


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०८० मा प्रकाशित




भदौं १७ पोखरा । याङजाकोट तमू समाज पोखराको अध्यक्षमा जेमप्रसाद गुरुङ चयन भएका छन् ।

समाजको ३८ औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।

समाजको प्रथम उपाध्यक्षमा तिलु गुरुङ, द्वितिय उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा युवराज गुरुङ, सचिवमा डिलशोभा गुरुङ, कोषाध्यक्षमा आशबहादुर गुरुङ र सह–कोषाध्यक्षमा सु.मानध्वोज गुरुङलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा क्या.श्यामबहादुर गुरुङ, सु.गम्भीरजंग गुरुङ, सु.प्रेमबहादुर गुरुङ, फारसबहादुर गुरुङ, अर्जुन गुरुङ र धनबहादुर गुरुङलाई चयन गरेको छ भने महिला सदस्यमा भीमकुमारी गुरुङ र मोती गुरुङ रहेका छन् ।
अधिवेशनको समाजका सदस्य ह.ले.मिनबहादुर गुरुङले उदघाटन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।