पोखरा, १९ भदौ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि ले आ.व. २०७९/८० मा ८ करोड १४ लाख नाफा गरेको छ । यस वर्ष सहकारीले १६.३८ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । सहकारीले यस आ.व.२०७९/८० मा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबारको आधारमा ऋणी सदस्यहरुलाई ३.७४% र बचतकर्ता सदस्यहरुलाई ३.२८% को दरले बोनस वितरण गरिने संस्थाका महाप्रवन्धक सुजता हमालले जानकारी दिइन । सहकारीले यो अवधिमा ४ हजार १ सय ४४ जना सदस्य पुर्याएको छ । यस आ.व.२०७९/८० मा संस्थाको शेयर पूँजी १८ करोड ६९ लाख ४६ हजार तीन सय, कुल बचत १ अर्ब ५३ करोड ४२ लाख तेतिस हजार एक सय र ऋण लगानी १ अर्ब ३५ करोड ५६ लाख तीस हजुार पाँच सय ४४ भएको हमालले भनिन् । संस्थामा साधारण जगेडा कोष १७ करोड ६ लाख र अन्य कोषहरुको रकम ६ करोड १८ लाख, तरलता वित्तीय लगानी सहित ३६.९२ % र कुल सम्पत्ति २ अर्ब ६ करोड ५५ लाख ७९ हजार ६ सय ८१ रहेका महाप्रवन्धक हमालले वताइन् । सहकारीले अनलाइन मार्फत मोबाइल बैकिङ सेवा, खानेपानी र विजुलीको महशुल तिर्ने व्यवस्था र एसएमएस सेवा दिंदै सदस्यलाई सहजीकरण गर्दै आएको महाप्रवन्धक हमालले जानकारी दिइन् । यस संस्थाको यूनाइटेड रेफरेन्स ल्याबरेटरी प्रा।लि।संग भएको सम्झौता अनुसार यस संस्थाको सदस्यहरुले संस्थाको परिचयपत्रको आधारमा सबै प्रकारका परीक्षण सेवामा ३५% छुटको व्यवस्था गरिएको छ । सहकारीले आफ्ना सदस्यहरुलाई समय समयमा शिक्षा कार्यक्रम गरी सहकारीको वारे जनचेतना दिंदै आएको छ । आर्थिक कारोवार सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत टोलमा सरसफाई कार्यक्रम र हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको संस्थाका अधिकृत हेमा गुरुङले वताइन । शेयर सदस्यहरुलाई आइपरेका दुःखका दिनमा समवेदना र चाड पर्वमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको अधिकृत गुरुङले भनिन् । कोन गरिब तथा जेहेन्दार छात्रवृति कार्यक्रम अन्तर्गत भद्रकाली बहुमुखी क्याम्पसमा स्नात्तक तह अध्ययनरत जेहेन्दार विद्यार्थी मेनका मल र जस्मिना घलेलाई हाल छात्रवृति प्रदान गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







