मदरल्याण्डको जिल्लास्तरीय हाजिरीजवाफमा बालमन्दिर प्रथम


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०८० मा प्रकाशित




पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा युवा रेडक्रस सर्कल मदरल्याण्ड माध्यमिक विद्यालयको व्यवस्थापनमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता विद्यालय प्राङ्गणमा शुक्रबार सम्पन्न भएको छ।

रेडक्रसमा आबद्ध कास्की जिल्लाभरिका विद्यालयबाट ५३ समूहले भाग लिएको उक्त प्रतियोगितामा बालमन्दिर मा।वि। अन्नपूर्णका खुस्बु देवकोटा, विवेक घले र प्रशंसा श्रेष्ठको समूहले प्रथम स्थान हात पारेका थिए भने द्वितीय स्थान जनप्रिय मा। वि। पोखराका रविशङ्कर बैथ्या, सफल पोडेल र विवेक ढकालको समूहले हात पारेका थिए ।

तृतीय स्थान अमरसिंह मा.वि. पोखराका करिना काफ्ले, निलिमा रेग्मी र सौगात सुवेदीको समूहले प्राप्त गरेका थिए भने सान्त्वना स्थान न्यूमोडल मा.वि.पोखराका ओजस्वी पौडेल, एरिज पोख्रेल र एन्डिज बस्ताकोटीको समूहले हात पार्न सफल भएका थिए।

जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका जुनियररयुवा संयोजक रमेश भण्डारी, नेरेसो कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्कालगायत क्विज मास्टर रहनुभएको थियो भने कार्यक्रममा नेरेसो कास्कीका उपसभापति धर्मराज अधिकारी, विद्यालयका संस्थापक निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, उपशाखा ७ का सभापति भोजराज बराललगायतले बोलेका थिए ।

युवा रेडक्रस सर्कल मदरल्याण्डका सभापति सार्थक अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षक नायक रोशन थापाले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।