आमा समुहको कार्यक्रममा सन्देश मुलक तिज गित


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०८० मा प्रकाशित




दिदि बहिनी दाजु भाई तिजको शुभकामना
सुस्वास्थ्य र दिर्घायुको हाम्रो कामना
टोलटोलमा जानु हुन्छ सचेतना जगाउदै
पैचानको प्रतिक रङ मिलेका साडी लगाउँँदै
संस्कृति र संस्कार जोगाउनु छ मिलेर
टोल विकासमा अघि बढौ एकजुट भएर

गण्डकी । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाहीले स्थानीय शुभकामना आमा समुहको २१ बार्षिक साधारण सभा एवम् तिज पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त सन्देश मुलक गित सुनाएका हुन् ।

एउटै रङका साडीमा सज्जिएका आमाहरुले तिज पर्वलाई भड्किलो नभई सामुहिक रुपमा मनाउने संस्कारको विकास भएको वताउँदै उनले सवै मिलेर संस्कृति र संस्कारको संरक्षण गर्दै विकास निर्माणमा जुट्न आग्रह गरेका हुन् ।

विगतमा नारीको पिडा र उत्पीडनको प्रस्तुत गर्ने तिज पर्व पछिल्लो समय नेतृत्व विकाससंगै महिला सहभागिता, विकास निर्माणमा जुट्नु पर्नेमा जोड दिंदै उनले महिला हर प्राप्त हक, अधिकारको उपयोग गर्दै थप अधिकारका लागि संगठित हुनु पर्ने आवश्यकता औल्याए ।

म्यूजियममार्ग टोल सुधार समितिका अध्यक्ष एवम् पत्रकार हरि बास्तोलाले टोलबासीको सकृयतामा संरक्षित सार्वजनिक जग्गामा आवश्यकता अनुसारका भौतिक संरचना निर्माण गरेर सभ्य समाज निर्माणका लागि उपयोग गरिनु पर्ने आवश्यकता औल्याए ।
महिला नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको आमा समुहहरुले आगामी दिनमा मौलिक संस्कृतिको संरक्षणसंगै उत्पादनसंग जोडिनु पर्नेमा उनले जोड दिएका थिए ।

कार्यक्रममा समुहका ७० बर्ष उमेर पुगेका आमा बुबा र उच्च माध्यमिक शिक्षा उत्तिर्ण गर्ने विद्यार्थीलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

समुहका अध्यक्ष कोकिला उदासको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व शिक्षा सहसचिव विष्णुबहादुर द्धारे, माथिल्लो रातोपैह्रा टोलविकास संस्थाका अध्यक्ष टिकाबहादुर द्धारे, सितापाईला ढुङ्गेसाँघु आमा समुहका अध्यक्ष सिता काप्mले, समुहका पुर्व अध्यक्ष पार्वती खड्का, उपाध्यक्ष अञ्जु गुरुङ, सचिव मिना द्धारे, कोषाध्यक्ष मिना कुँवर लगायतले समुहले गरेका गतिविधि तथा भावि कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।