आरकेडी उधमशिलता महिला क्लबको अध्यक्षमा संगिता


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०८० मा प्रकाशित




आरकेडी उधमशिलता महिला क्लबले बुधबार प्रथम अधिवेशन सम्पन्न गरेको छ ।

प्रथम अधिवेशनले अध्यक्ष संगिता गौतम तिमिल्सेना सहित ६ सदस्यीय कमिटी गठन गरेको हो । यसैगरि उपाध्यक्षमा गिता शर्मा तिमिल्सेना, सचिवमा हरिकला भुर्तेल गौतम, सहसचिवमा कविता भुषाल, कोषाध्यक्षमा कविता थापा अधिकारी र अन्य सदस्यहरु रहेका छन ।

उक्त संस्थाले विगत ३ वर्ष देखि महिला उद्यम र सशक्तिकरण सम्वन्धी विभिन्न कार्यहरु गर्दै आएको छ । यस संस्थाको मुख्य उद्देश्य महिलाहरुलाई उद्यमी बनाई आर्थिक उन्नती गर्नु रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।