पोखरा । गण्डकी प्रदेशका सांसद देवका पहारीले अवको तीजपर्व महिलाहरुको माग मुद्धा र बहसका रुपमा मनाउन आवश्यक रहेको बताईन् ।
महिलाहरुको महान पर्व हरितालिका तीजपर्वको अवसरमा सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा उनले उक्त धारणा व्यक्त गरेकी हुन् ।

उनले समय परिवर्तन संगै तीजपर्व मनाउने तरिकाहरु पनि फरकफरक भएकोले अवका तीजपर्व थप व्यवस्थित भई शसक्तिकरणरुका रुपमा मनाउन आवश्यक रहेकोमा जाड दिईन् ।
‘कुनै समय तीजपर्वलाई महिलाहरुका बेदना पोख्ने अवसरका रुपमा लिईन्थ्यो,त्यसपछि कपडागरगहना देखाउने तथा दरका रुपमा अस्वस्थकर खानेकुरा ग्रहण गरिदै तिज मनाउने चलन आयो’,उनले भनिन्,‘विस्तारै यसलाई पनि थप परिमार्जित गरि महिलाका हरेक मागमुद्धाहरुलाई बहस गर्ने अवसरका रुपमा लिन आवश्यक छ ।’
राजनीतिको हरेक तहमा पनि महिलामा विभेद कायमै रहेको अनुभव सुनाउदै उनले यसका लागि हरेक क्षेत्रका महिलाहरु छलफल र बहसमा उत्रिनुपर्ने अवस्था आएको सुनाईन् । संविधानमा महिला अधिकारका कुराहरु उल्लेख भएपछि कार्यन्वयन पक्ष फितलो हुनाले देशका हरेक क्षेत्रमा महिलाहरुको अवस्था सोचेअनुसार माथि उठन नसकेको उनले गुनासो गरिन्। साथै उनले आफुले महिलाका समस्या र समाधानका प्रयास जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता तिमिल्सिना पंगेनी,नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष पुण्ष् पौड्याल, इन्सेकका कार्यक्रम अधिकृत सबनम शर्मा,दलित महिला संघ फेडोका अध्यक्ष लक्ष्मि खाती, ओटेफका अध्यक्ष उमा भण्डारी,भिरको बाटो पुस्कतका लेखक गोमा पराजुली,नेपाल नर्सिङ संघका क्षेत्र रोका,वरिष्ठ सौन्दर्यकर्मी सुमन गुरुङ, सिदार्थ क्लवका पुर्व अध्यक्ष तिर्थ क्षेष्ठ लगाएतले समय परिवर्तन संगै तिजपर्व भड्किलो रुपमा मनाउन थालिएको भन्दै यसमा सचेत वर्गहरुले तीजपर्वको मौलिकतालाई ध्यान दिई सभ्य मार्गदर्शन दिन आवश्यक रहेको बताएका थिए ।

वक्ताहरुले हरेक क्षेत्रमा अझै पनि महिलाले गरेका सकरात्मक कार्यहरु र हिंसाका घटनाहरु ओझेलमा परेको भन्दै मिडियाले अव त्यस्ता लुकेका विषयहरुलाई प्रचारमा ल्याउने भुमिका खेल्न आग्रह गरे ।
त्यसै गरि कार्यक्रमको समापन गर्दै सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशका अध्यक्ष कविता क्षेष्ठले महिला पत्रकारहरुले महिलाका विषय सञ्चार माध्यममा ल्याउने बताउदै भड्किलो रुपमा चलिरहेका यस खालका सामाजिक पर्वहरुलाई सभ्य बनाउन पत्रकारिता मार्फत भुमिका खेल्ने प्रतिवद्धता जनाईन् । साथै उनले कार्यक्रममा उपस्थित सवैलाई धन्दवाद ज्ञापन गरेकी थिईन् ।

कार्यक्रमका अवसरमा तिजगीतमा उत्कृष्ट नाँच प्रदर्शन गर्नेहरुलाई ग्रिष्मा विउटी केयरका तर्फबाट विभिन्न पुरस्कारहरु प्रदान गरिएको छ । जसमा कुस्मा रानाले प्रथम,तिर्थ श्रेष्ठले द्धितिय,लक्ष्मि खाती परियार तृतिय तथा अनिता घिमिरे र पुनम थापामगर सान्तवना भएका थिए ।

प्रथम,द्धितिय,तृतिय र सान्तवना हुनेहरुले क्रमशःहेयर केराटिन ट्रिट्मेन्ट,हाड्र फेसियल,मेनिकेयर र पेडिकेयर, सान्तवना हुनेहरुले ५० प्रतिशत छुटमा सेवा लिन पाउने गरि ग्रिष्मा विउटी केयरका तर्फबाट दिपा कार्कीले करिव ७ हजार बरावरको पुरस्कार प्रदान गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







