प्रतिष्ठानद्वारा एसईई र १२पास विद्यार्थीहरुलाई बधाई ज्ञापन


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०८० मा प्रकाशित




भदौ ३० पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल विद्यार्थी समितिको आयोजनामा विभिन्न परीक्षामा उत्र्तिण भएका विद्यार्थीहरुलाई “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न भएको छ ।

नयाँबजारस्थित तमु धीं नेपालमा आयोजित कार्यक्रममा विद्यार्थी तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति प्राप्त एस.ई.ई र कक्षा १२ पास २३ जना विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको हो ।

उनीहरु २०८० सालमा एस.ई.ई र कक्षा १२ पास भएका थिए ।

कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर तमुले सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे । तमुले परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई अध्ययनलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिदै आवश्यक परेको अवस्थामा कुनै पनि समय सकेको सहयोग गर्न तत्पर रहेको पनि अभिव्यक्त गरे ।

संस्थाका अध्यक्ष सुदिप तमुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जितेन तमुले स्वागत र सञ्चालन सचीव कविता तमुले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।