भदौ ३१ पोखरा । स्वागत टोल बिकास संस्थाको अध्यक्षमा पुनः देवी बहादुर केसी निर्वाचित भएका छन । पोखरा १४ चाउथेमा रहेको स्वागत टोल बिकास संस्थाको छैठौ साधारणसभा तथा तेश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा देवी बहादुर केसी अध्यक्षमा निर्वाचित भएका छन् ।
संस्थाको उपाध्यक्षमा सुवेदार मेजर देव बहादुर राना, सचिवमा क्याप्टेन कृष्ण थापा, कोषाध्यक्षमा सूर्य बहादुर थापा र सह सचिवमा संगीता पौडेल अधिकारी निर्वाचित भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा भरत लामिछाने, सुवेदार मेजर नन्द बहादुर घले, योगेन्द्र पूर्जा, ममता श्रेष्ठ, माया बराल क्षेत्री र दीपा छिमाल निर्वाचित भएका छन ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोधराज कार्कीले स्वागत टोल बिकास संस्था वडा नम्बर १४ को नमुना संस्था रहेको बताए । स्वागत टोल बिकास संस्थाले वडामै उत्कृष्ट काम गरेको बताउदै संस्था आफैले आफ्नो क्षेत्रमा सडक निर्माण, खानेपानीको पाइप बिस्तार तथा सुरक्षालाई मध्यनजर गरी सिसिटिभी क्यामेरा जडान गरी वडाले गर्नुपर्ने काम टोल बिकास संस्था स्वयं आफैले गरेकोमा आभार प्रकट गरे । आगामी दिनमा संस्थामा रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरी ब्यवशायीक सीपमुलक तालिमहरु प्रदान गर्न आफु अग्रसर भएर लाग्ने समेत कार्कीले बताए ।
त्यस्तै वडा सदस्य कृष्णहरि काफ्लेले वडामा उत्कृष्ट संस्था स्वागत टोल बिकास संस्था भएको बताउँदै टोलभित्रका बिकास निर्माणका गतिविधीमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
महिला नेतृ माया बराल क्षेत्रीले स्वागत टोल बिकास संस्थामा रहेको महिला दिदीबहिनीहरुलाई नेतृत्व बिकासका लागी वडाले तालिमहरु प्रदान गर्न आवश्यक रहेको बताइन ।
पत्रकार एमबी आस्था मगरले स्वागत टोल बिकास संस्थाले महानगरले गर्नुपर्ने काम आफै गरेको बताउँदै अन्या संघ संस्थाहरुले पनि स्वागत टोल बिकासको अनुसरण गर्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष देवी बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव क्याप्टेन कृष्ण बहाुदर थापा र कोषाध्यक्ष मन्जु गुरुङ्गले सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका सह सचिव संगीता पौडेल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सचिव क्याप्टेन कृष्ण बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







