पोखरा । राधा–लक्ष्मी स्मृति पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका शिक्षासेवी चतुरमान श्रेष्ठलाई अर्पण गरिने भएको छ ।
साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित छ । उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।
प्रतिष्ठानले कास्कीको बाटुलेचौरमा जन्मेर २०१७ सालदेखि २०५४ सालसम्म अध्यापन गरी शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । प्रतिभा छनौट उपसमितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले सर्वसम्मत पारित गरेको हो ।
लक्ष्मीशरण उपाध्याय र राधा पौडेलको स्मृतिमा पुत्रद्वय केशवशरण पौडेल र माधवशरण पौडेल परिवारद्वारा स्थापित कोषको व्याजबाट हरेक वर्ष उक्त पुरस्कार अर्पण गरिदै आइएको छ । यसअघि उक्त पुरस्कारबाट छन्दकवि माधव वियोगी पुरस्कृत भइसकेका छन् ।
पुरस्कार असोज ८ गते पोखरामा एक समारोहका बीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






