पत्रकार दवाडी पृथ्वी पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०८० मा प्रकाशित




असोज ५ पोखरा । पत्रकार कृष्ण दवाडी पृथ्वी पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पृथ्वी होटल व्यवसायी समितिले आफ्नो एघारौं साधारण सभा तथा छैटौं अधिवेशनको अवसरमा सो पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेल, समितिका अध्यक्ष बालकृष्ण निउरे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले दोषल्ला, माला र सम्मान पत्र प्रदान गरेर दवाडीलाई सम्मान गरेका थिए ।

पुरस्कृत दवाडी नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्की शाखाका अध्यक्ष हुन् । डेढ दशकदेखि पत्रकारितामा कृयाशिल दवाडी राष्ट्रिय समाचार समितिका कास्की सम्वाददाता हुन् भने हिमाली आवाज डटकम र पत्रिकाका सम्पादक हुन् ।

प्रत्येक दुई/दुई वर्षमा प्रदान गर्दै आएको सो पुरस्कारको राशी नगद १० हजारसहित दोषल्ला र सम्मान पत्र रहेको छ । यसअघि सो पुरस्कारबाट घनश्याम पाण्डे, हेमराज अधिकारी र सन्देश श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।