सिङ्गापूरे टोल विकास संस्थाको साधारण सभा


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०८० मा प्रकाशित




असोज ६ पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित सिंङ्गापूरे टोल विकास संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले मानवीय र सामाजिक कार्यका लागि टोल विकास संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए  ।

त्यस अवसरमा संस्थाका सल्लाहकार बोधराज घिमिरे, सदस्य राजेन्द्र बस्ताकोटी, भृकुटी टोल विकास संंस्थाका अध्यक्ष खेम नारायण शर्माले बोलेका थिए ।

साधारण सभाले सहसचिव टिक बहादुर गुरुङको वार्षिक र कोषाध्यक्ष चन्द्र बहादुर गुरुङको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

सिंङ्गापूरे टोल विकास संस्थाका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धन बहादुर गुरुङले स्वागत र सहसचिव टिक बहादुर गुरुङले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।