कांग्रेसको अन्नपुर्ण गाऊंपालिका सम्मेलन सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०८० मा प्रकाशित




असोज ६, पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिङ महरले बर्तमान सरकारले गठबन्धनको मर्म र भावना अनुसार काम गर्न नसकेको बताएका छन । सरकारले काम गर्न नसक्दा लाखौं कार्यकर्ताको भावनामा ठेस पुगेको उल्लेख गर्दै उनले भने कांग्रेसका नेता कार्यकर्ताले खबरदारी भने गरिरहनुपर्ने बताए । नेपाली कांग्रेस अन्नपुर्ण गाऊंपालिका स्तरिय प्रथम सम्मेलनको आज अन्नपुर्णमा उद्दघाटन गर्दै महरले नेपाली कांग्रेसको नेतृत्वको सरकारको पालामा शिक्षा, स्वास्थ्य, सन्चार, जलबिधुत, कृषि लगायतमा उल्लेख्य काम भएको तर पार्टीका नेता, कार्यकर्ताले जनतामा पुरया्उन ध्यान नदिएको बताए ।
केन्द्रिय सदस्य महरले पार्टीमा गुटको बिश्वास गर्नेहरु पनि रहेको तर त्यसलाई निस्तेज गर्नुपर्ने बताउंदै अब यसको बिरुद्द कार्यकर्ताले सावधान गराउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य शारदा पौडेलले कांग्रेसले मात्रै बिकासको मुल फुटाउन सक्ने हुंदा आगामी निर्वाचनमा कांग्रेसलाई विजय गराउनका लागी नेता, कार्यकर्ताले जनताका गुनासा सुन्नुपर्ने बताए ।
कास्की सभापति किशोर दत्त बरालले उत्पादनमा कांग्रेसलाई जोड्नसके जनताले कांग्रेसलाई भरोसा गर्ने बताए । गण्डकी प्रदेशका सांसद प्रकाश बरालले जनताको बाहक युवा नै रहेको हुनाले उनको मन, मुटुमा बस्ने योजनाहरु कांग्रेसले अगाडी सारेको र कांग्रेसले मात्रै युवाको भावना समेट्नसक्ने धारणा राखेको थिए ।
कांग्रेस अन्नपुर्ण पालिका सभापति मनपति भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासमिती सदस्य रामचन्द्र त्रिपाठी, आई बहादुर गुरुङ, जिल्ला उपसभापति युवराज कुवंर, गण्डकी प्रदेश सदस्य जीवन बास्तोला, उदय नेपाली, प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधी सिता गुरुङ, प्रचार बिभाग सदस्य राज बहादुर गुरुङले बर्तमान राजनितिक अवस्था बारे आ-आफ्ना धारणा राखेका थिए ।
प्राध्यापक यादव अधिकारी, डिएलए अध्यक्ष कपिलमणी दाहाल
महिला संघ सभापति मिना पान्डे, नेबिसंघ केन्द्रिय सदस्य बिकास थापा, तरुण दलका केन्द्रिय सदस्य पशुपति भट्टराई ईकाई सभापति पिताम्बर भण्डारी, जिल्ला सदस्य बिष्णु अधिकारी
निर्वाचन प्रदेश सभापति जिवनाथ पौडेल, जिल्ला उपसभापति राममबाबू भण्डारी घोषणापत्र मस्यौदा सदस्य शंकर तिवारी कार्यक्रम सन्चालन सचिव विजय गुरुङ र कोषाध्यक्षको प्रतिवेदन लोकराज भण्डारी स्वागत गौमाया नेपाली लगायतले कांग्रेस जनताको पार्टी रहेको हुनाले जनताको पक्षमा भईरहेका कामलाई अझै अगाडी बढाउनुपर्ने धारणा राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।