एजेन्सी । आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६० वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ ।
पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९, साइक्लिङमा २, जिम्न्यास्टिकमा १, रोइङमा ११, मोडर्न पेन्टल्थुनमा २, सुटिङमा ५, उसुमा ३ र स्केट बुर्डिङमा १ गरी ३४ स्वर्णसहित ६० वटा पदक हात पारेको छ ।
पदक तालिकामा दोस्रो स्थानमा रहेको कोरियाले ८ स्वर्ण, ८ रजत र ११ वटा कास्य पदक जितेको छभने दक्षिण कोरियालाई पछ्याउँदै जापानले ५ स्वर्ण, १२ रजत र ११ वटा कास्य पदकमा आफ्नो कब्जा जमाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।
उज्वेकिस्तानले ४ स्वर्ण, चार रजत र ४ कास्यमा चित्त बुझाएको छभने ३ स्वर्ण, ४ रजत र ७ कास्यसहित पदक तालिकामा पाँचौ स्थानमा रहेको छ । सुटिङ र क्रिकेटमा २ स्वर्ण पदक हासिल गरेको भारतले ३ वटा रजत र ६ वटा कास्य पदक प्राप्त गरेर छैटौँ स्थानमा आफूलाई समेटेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






