सुनको भाउ घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नहोस


     एभरेस्ट आवाज    
     असाेज १० गते २०८० मा प्रकाशित




सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको थियो ।

यसैगरि, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।