काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ ।
विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर रु एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ मा कारोबार भएका छन् । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ ।
आजको कारोबारमा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य नौ दशमलव ९० प्रतिशत, एसियन हाइड्रोपावर लिमिटेडको सात दशमलव ९१ प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ६० प्रतिशतले बढेको छ ।
साथै लक्ष्मी भ्यालु फण्ड–२ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने शुभव पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु सात करोड ६२ लाख २३ हजार सात सय ३२ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको तीन लाख ८१ हजार पाँच सय ४८ कित्ता शेयर किनबेच भएको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ३८ अर्ब ६९ करोड ४० लाख ८४ हजार छ सय ९४ पुगेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







