पोखरा । राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको आवेदन खुलेको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासोले राष्ट्रिय विज्ञान दिवस असोज १, विश्व अन्तरिक्ष सप्ताह अक्टोबर ४–१० तथा विश्व विज्ञान दिवस कार्तिक २४ को सन्दर्भमा सञ्चालन गर्दै आएको यस प्रतियोगितामा असोज २८ गते आवेदन दिन सकिने जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक ६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीले नासोको वेबसाइटमार्फत आफ्नो आवेदन दर्ता गर्न सक्ने अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
एघारौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सह–आयोजनामा सञ्चालित यो वर्षको प्रतियोगिताको शीर्षक ‘अन्तरिक्ष र उद्यमशीलता’ रहेको छ ।
यसैगरी, सातौ राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा ६–८ कक्षासम्म अध्ययनरत विद्यार्थी भाइबहिनीले आवेदन दिन सक्ने जनाइएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने तथा दोस्रो, तेस्रा हुनेले आकर्षक गिफ्ट ह्याम्पर, पदकसहित प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।
यसैगरी, ९ कक्षादेखि १२ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीले आवेदन दिन सक्ने पाँचौ राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा विजेतालाई क्रमशः १० हजार, ५ हजार र तीन हजार नगदका साथै पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने संस्थाले जनाएको छ ।
प्रतियोगितामा आवेदन दिन यो लिंक क्लिक गर्न सक्नुहुनेछः धधध।लभउबबिकतचयलयmष्अबकियअष्भतथरयचनरकउबअभधभभप
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







